Breaking News: Upcoming Highlights: 24/08 – Nepali Mela | 25/08 – Teej Celebration

जुरा घुम्न जाने कुरा !

PAST EVENTS

Surendra Nepal Shrestha - 07846009448

4/12/20242 min read

जुरा घुम्न जाने कुरा !

व्हिस्की पारखीहरुले पक्कै पनि जुरा शब्द सुनेको हुनु पर्छ। बजारमा निकै आकर्षक बोतलमा पाइने यो सिंगल माल्ट व्हिस्की ज्यादै प्रचलित पनि छ।

जुरा घुम्न जाने कुरा !

व्हिस्की पारखीहरुले पक्कै पनि जुरा शब्द सुनेको हुनु पर्छ। बजारमा निकै आकर्षक बोतलमा पाइने यो सिंगल माल्ट व्हिस्की ज्यादै प्रचलित पनि छ।यो स्कटल्याण्डको अनेकन टापुहरु मध्ये एक ठुलो टापुको नाम हो। यहा पाइने छ र बार्ह सिंगे अनि राता मृगहरु संसार भरि प्रख्यात छन्। सन् १८३१ तिर करिब १३१२ मानिसहरु बसोबास गर्ने यो टापुमा अहिले केवल २४० को हारा हारिमा बसोबास गर्दछन भने हरिनहरु चाही छ हजार भन्दा बढी छन्।।तर यहा बार्षिक रुपमा भ्रमण गर्ने पर्यटकहरुको संख्या भने दिन परदिन बढ्दो छ।

बेलायत सिंगो एउटा टापु हो। यो देशको तीन राज्यहरु अन्य कुनै देश संग भुमिले जोडिएको छैन। यस भित्र पनि अनेकन साना ठुला टापुहरु छन्। छुट्टै राज्य स्कटल्याण्ड भित्र पश्चिमी तटमा अवस्थित लामो र साँघुरो जुरा टापु मुख्य भूमिबाट केवल ६० माइल(९६.५ किमि ) मात्र टाढा भए पनि बिल्कुल छुट्टै ठाउ जस्तो लाग्दछ। यो टापु २९ माइल लामो र ७ माइल चौडा छ । पश्चिम क्षेत्र जंगली र लगभग निर्जन छ। जुरा भित्र गेलिकमा द माउन्टेन अफ द साउन्ड, द माउन्टेन अफ गोल्ड र द सेक्रेड माउन्टेन गरि तीन ठुला पहाडहरु छन्। घना पहाडहरू, शान्तिपूर्ण चरणहरू र तूफानी समुद्रहरू यहाका विशेषताहरु हुन।

जुरामा संसारको तेश्रो ठुलो सामुन्द्रिक भंमर भएको कारण जल पर्यटकहरुको एक आकर्षक बिन्दु बन्न गएको छ। त्यहा पुग्ने पर्यटकहरुले करिब तीन घन्टाको ढुङ्गा सयरमा ज्वारले पार्ने भुमरीको नजिकबाट अबलोकन गर्न सकिन्छ। तर यसको लागि उचित मौसमको चयन गर्नु पर्ने हुन्छ। समुन्द्रको उत्तरी भेगबाट ठुलो मात्रामा पानि आउने र साँगुरो क्षेत्रमा प्रवेश गर्दा त्यहा ठुलो भंमर पर्ने गर्दछ। यो जुरा र स्कार्बाबीचको करिब एक माइलको क्षेत्र हो। जसलाई कोरीभेरेकनको खाडी भनिन्छ।यसलाई साउण्ड अफ जुरा पनि भन्ने गरिन्छ। संसारको सब भन्दा ठुलो भंमर देखिने देश नर्वे हो भने दोश्रोमा जापान हो।

यसकोलागि आइतबार ,मंगलबार र बिहिबार बिहान नौ बजे देखि बाह्र बजे सम्म डुङ्गा सेवा उपलब्ध छ। सोह्र बर्ष भन्दा माथिका लागि सत्तरी पाउण्ड र मुनिकालाई चालिस पाउण्ड शुल्क लाग्ने यो भ्रमणमा सेतो समुन्द्री चीलहरुको बासस्थान पनि देख्न सकिन्छ। यहा प्रख्यात बेलायती लेखक जर्ज ओरवेल केहि बर्ष (१९४६-४९)बसेको बार्नहिल कटेज पनि देख्न सकिने छ।उनले सन् १९४८ मा आफ्नो सर्वश्रेष्ठ बिक्रि भएको पुस्तक १९८४ को लेखन तथा सम्पादन यहि घरमा बसेर गरेका थिए। एनिमल फार्म सहित केहि उत्कृस्ट पुस्तकका लेखकको खास नाम चाही एरिक आर्थर ब्लेयर हो। उनि झन्डै यहि भंमरीमा परेर मृत्यु भएका थिए।अन्य दुइ जनासंग गएको सवार डुंगा डुबे पनि पौडेर बाहिर आउन सफल भएका थिए र माछा मार्ने मानिसहरुको सहयोगमा घर पुगेका थिए। उनको सन् १९४९ मा लण्डनमा ४६ बर्षकै कलिलो उमेरमा मृत्यु भएको थियो। पूर्व प्रधानमन्त्री डेभिड क्यामरून यहा पटक पटक पुगेका छन्। उनको श्रीमती सामन्था क्यामरुनका सौतेनी बुबा वर्तमान लर्ड विलियम एस्टोरको मुख्य बसोबास यतै भएकोले नियमित भेट हुने गरेको छ।

ऐतिहासिक दृष्टिकोणबाट हेर्दा जुराको इतिहास धेरै प्रकारले हेब्रिड्सका अन्य टापुहरूसँग मिल्दोजुल्दो छ। केही समय यहा नोर्सेमनले आइल अफ म्यानबाट पनि शासन गरेको देखिन्छ। सन् ११५६ को इस्लेको प्रसिद्ध समुद्री युद्धमा सोमर्लेडहरु बलियो भए पछि नोर्स शक्ति समाप्त भयो। सोमर्लेडका वंशजहरु मध्ये क्लान डोनाल्डको प्रख्याति थियो।यिनीहरुलाई टापुका देवताको रुपमा लिने गरिन्थ्यो।प्राय जसो टापुहरु यिनीहरुको नियन्त्रणमा थियो। सन् १५०६ मा क्यामस एन स्टेकाको सन्धिले जुराको भूमि र शक्तिको सबै अधिकार हाउस अफ क्याम्पबेलको क्याडेट शाखालाई दिइयो। क्याम्पबेलको प्रभुत्व सन् १९३८ सम्म कायम रह्यो। जुराको अन्तिम चार्ल्स क्याम्पबेलले जुरा एस्टेट र घरहरू सब बेचेर त्यहा बाट बसाइ सरेका थिए।

जुरा पुग्नको लागि हामि संग तीन वटा विकल्पहरु छन्। पहिलो ग्लास्गोबाट लोगान एयरमा इस्ले टापू जाने नियमित जहाज पाइन्छ। दोश्रो केनाक्रेगबाट क्याल्म्याक फेरीद्वारा पोर्ट एलेन वा पोर्ट एस्काइगसम्म कार वा बाइकको साथ यात्रा गर्न सकिने छ।इस्ले पुगे पछि पोर्ट एस्काइगबाट फियोलिनसम्म करिब १० मिनेटको फेरी क्रसिंग गर्नु पर्दछ। यो सेवा प्राय जसो बिहान ७. ३० देखि बेलुकी ६.३० सम्म संचालनमा रहन्छ। अर्को विकल्प, वसन्त र गर्मी महिना (मार्चको अन्त्यदेखि सेप्टेम्बरको अन्त्यसम्म) को समयमा स्कटल्याण्डको तायवालिचको सानो र धेरै सुरम्य गाउँबाट १२ जना यात्रु अट्ने डुङ्गाबाट करिब ५० मिनेटमा जुरा पुग्न सकिनेछ।यस बाहेक १६ टन सम्मको व्यक्तिगत डुङ्गाहरू प्रयोग गरेर पनि जुरा सम्म जान सकिने छ। यस्ता डुङ्गाहरु बिसाउनको लागि टापुको सबैभन्दा ठूलो गाउँ क्रेगहाउस नजिक प्रति रात १० पाउण्ड लिएर बिसाउने बन्दोबस्त गरिएको छ। जुरामा पुगेर वरिपरि घुम्नको लागि बस र ट्याक्सी सेवा भए पनि आफ्नो अनुकुलतामा निस्कनको लागि आफ्नो गाडी लिएर जानु उपयुक्त हुनेछ। लण्डनबाट गाडीमा पहिलो फेरिपोर्ट सम्म पुग्न करिब ५२० माइलको यात्रा गर्नु पर्ने हुन्छ। बिचमा थकाइ मार्दै जाने हो भने बिहान छ बजे तिर यात्रा शुरु गर्यो भने बेलुकी बास बस्न सम्म पुग्न सकिने छ।

जुरा भरि एउटा मात्र बाटो छ त्यो पनि सिंगल लेनको। अर्को दिशाबाट आएको गाडीलाई ठाऊ ठाऊमा रोकेर बाटो दिनु पर्दछ। ए ८४६ नामाकरण गरिएको यो बाटोमा गाडी चलाउदाको आनन्द बेग्लै प्रकारको हुने बताइञ्छ। बथानका बथान पहाडमा खेली हिड्ने हरिणहरुको दिन चर्या हेर्नुको मजा अबश्य पनि अबिश्मरणिय हुनु पर्दछ। सिंगो टापुमा एउटा पब ,पसल ,हुलाक ,पेट्रोल पम्प र डिस्टिलरी रहेको छ भने बस्नको लागि एक होटल सहित केहि कटेजहरु पनि छन्।

त्यहा बसोबास गर्नेहरु बीच एकापसमा एक परिवारको रुपमा बसेका छन्। साथ् सहयोग सुख दुखमा सबै नै सरिक हुन्छन। बर्ष भरि बिभिन्न चाड बाड अबसरमा भेटघाट रमाइलो गर्नुको साथै ग्रीष्मकालीन १० के र हाफ म्याराथन दौड म्याराथुन गर्ने गरिन्छ। मंगलबार बेलुकी ७:३० बजे देखि त्यहा आउने सम्पूर्ण पाहुनाहरुको स्वागतार्थ गीत संगीत सहित ट्युन्श नाइट् गर्ने चलन छ। बार्षिक रुपमा एउटा सांगीतिक महोत्सब पनि गरिन्छ। यस बर्ष यो मेला २७-२९ सेप्टेम्बरको लागि तय गरिएको छ। जुरा पेरिश चर्च आइतबार प्राथणा गर्नुको साथै हप्ता भरि आगन्तुकहरूको लागि आकर्षणको खुला हुने गर्दछ। यहा भित्र जुराको इतिहास झल्काउने फोटोहरु शंरक्ष्यण गरि प्रदर्शनमा राखिएका छन् । यसलाई स्थानीय रुपमा संग्राहालयको रुपमा स्थापित गरिएकोछ।

यहाँ सम्पूर्ण कार्यक्रम गर्ने सामुदायिक जुरा हल पसलको छेउ क्रेगहाउसमा छ। गर्मी महिनामा हरेक बुधबार हलमा क्राफ्ट फेयर आयोजना गरिन्छ। होग्माने सिलिड,बर्न्स सपर,फेल्स रेसको शनिबार साँझ सिलिधका साथै केटाकेटीहरू हलमा आयोजित हेलोवीन र क्रिसमस पार्टीहरूमा खुब रमाउने गर्दछन। विबहा ,जन्मदिन लगायत अन्य जमघटको लागि स्थानियहरुले यहि हल भाडामा लिने चलन छ। सन् २०१९ देखि भने अन्यत्र कार्यक्रम गर्न मार्कीको पनि ब्यबस्था गरिएको छ। श्कट र निक्कीले आफ्नो बिबाहाको लागि भनेर खरिद गरेको मार्कीलाइ ब्याबसायिक रुपमा भाडामा दिन शुरु गरेका हुन्। त्यसै गरि घुम फिरको लागि सवारी साधन नल्याउनेहरुको सुबिधाको लागि एउटा सार्बजनिक ४५६ नम्बरको बस र केहि ट्याक्सीहरुको पनि ब्यबस्था गरिएको छ।

खाना र चिया नास्ताको लागी यहाँ दुई वटा ठाऊहरु छन । जुरा होटलमा रहेको रेस्टूरेण्टमा समरमा लंच १२ देखी २:३० सम्म र डीनर ५:४५ देखी ८:३० सम्म खुला रहन्छ । विण्टरमा भने समय अली फरक रहन्छ । लोकल खानाहरु स्थानीय समुंद्रमा समातीएका माछाहरुको स्वाद लिन पाइनेछ । द एंटेलर्स क्याफेमा चाहि ८ देखी ११:३० सम्म ब्रेकफास्ट र दिउसो १२ देखी ६ बजे सम्म लंच पाइञ्छ । यहा आइसक्रिम र चिया कफि पनि पाइञ्छ। सामुदायिक पसलमा दैनिक आवश्यकताका सामानहरु किन्न पाऊँछ ।

जुराको मुख्य आकर्षणको केन्द्र र त्यहाको आर्थिक उपार्जनको मुख्य आधार यहाको डिस्टिलरी हो। प्रत्यक्ष्य वा परोक्ष्य रुपमा यहाँ बसोबास गर्ने सम्पूर्ण मानिसहरु यस कम्पनि संग सरोकार राख्दछन। सन् १८१० मा स्थापना भएको यस टापुको ह्विस्की डिस्टिलरीलाई सन् १८३१ मा आधिकारिक रूपमा लाइसेन्स दिइएको थियो र सन् १९०१ सम्म चलेको थियो। तर यो आर्थिक कठिनाइको चपेटामा पर्दै गएको र दुइ ठुला युद्धहरु भएको कारण लामो समय सम्म भग्नाबसेशको रुपमा रहेको थियो।तर त्यहाँ बसोबास गर्नेहरुको सामुहिक प्रयासमा सन् १९६३ देखि पुन समुदायको प्राणको रूपमा संचालनमा ल्याउन सफल भएका हुन्। यसलाई सबैले आफ्नो घरको रुपमा स्याहार सम्भार गर्ने गरेका छन्। यहा आउने मानिसहरुलाई १५ पाउण्ड शुल्क सहित यहा भित्र हुने सम्पूर्ण क्रियाकलाप बारे जानकारी दिने गरिन्छ।यो वर्ष भरि शनिबार र आइतबार बाहेक हरेक दिन संचालनमा आएको छ।सन् २०१५ मा आइल अफ जुराको उत्तरी छेउमा जुरा फेरीबाट २५ माईल टाढा एलिसिया, क्लेयर र जर्जिना मिलेर लुसा जिन उत्पादन गर्न थालेका हुन्।लुसा ग्लेनको पानी प्रयोग गरेर बनाइने यो जिन दिन प्रतिदिन प्रख्यात भै रहेको छ।

यहा आउने हरुले प्राय जसो वन्यजीव जन्तु हेर्ने ,हाइकिङ,हिलवाकिङ, सी कायाकिङ,साइक्लिङ्ग लगायत टार्बर्टमा प्राचीन खडा गरे जस्तो देखिने पत्थर तथा क्लेग क्यासलका भग्नावशेष जस्ता ऐतिहासिक स्थलहरूको अबलोकन गरेर आनन्द लिने गर्दछन।

बन जंगल र धेरै जमेको पानीहरु भएर हुनु पर्दछ यहा लामखुट्टे भन्दा अलि सानो खालको किरा अनि भुसुनाहरु बढी आउने गर्दछ। यसले टोक्दा खेरि खिल परेर चिलाउने गर्दछ। त्यस्तो खिल तुरुन्त निकालिएन भने पछि सम्म दुख दिन सक्ने भएकोले आबश्यक साबधानी अपनाउन पर्ने सुझाब दिएको पाइञ्छ।

मेरो जुरा संगको परिचय भने अलि भिन्न छ। केहि पटक जुरा चाखेको थिए। तर यस बारे केहि जानकारी थिएन। छोरी ब्यारेस्टर बन्नको लागि पिपुलेज गर्न सहयोग गर्ने स्कटिश ब्यारेस्टर फिओनाको पारिवारिक घर जुरामा रहेछ । बेला बखत जाने गरेको तर अहिले नगएको लामो समय भएछ । कुरै कुरामा केही दिनको छुट्टी मनाऊन छोरी ज्वाई जाने सल्लाहा भयो र पूगेर आए । नियमित बसोबास नगर्ने भएको कारण घरको त्यति हिफाजत हुन् सकेको छैन। हाम्रो पुरानो गाउघरको घरमा बसे जस्तो अनुभब सुनाएका थिए। गजबको कुरा त्यो घरमा चाबी लगाए पनी त्यतै छाड़ने चलन रहेछ।त्यहाको बारे कुरा सुन्दा हामि पनि एक पटक जानु पर्छ कि भन्ने सल्लाहा त् भएको छ तर समय निर्धारण भने गरिएको छैन। हेरौ कहिले पुरा होला हाम्रो जुरा घुम्न जाने कुरा ?

My plan to visit Jura !

Whiskey connoisseurs must surely have heard the word Jura. It is a single malt whisky that is popular in the market. It is the name of one of the largest islands in Scotland. There are twelve Lions and night deer which are famous all over the world. The island, which was inhabited by about 1312 people around 1831, is now inhabited by approximately of only 240, while the hares themselves number more than six thousand. The number of tourists visiting this place is increasing every year.

The whole of UK is an island. The three countries are not connected to each other. There are a lot of small islands within. The long and narrow island of Jura, located on the west coast within the separate kingdom of Scotland, feels like an absolutely separate place despite being only 60 miles(96.5 km ) from the mainland. The island is 29 miles long and 7 miles wide . The West region is wild and almost uninhabited. There are three major mountains in Gaelic: the mountains of the sound, the mountains of gold and the sacred mountains. Dense mountains, peaceful steppes and stormy seas to be the features here.

The Jura has become an attractive point of water tourism due to the fact that it is the third largest ocean vortex in the world. Visitors can enjoy a three-hour walk through the park to see the scenery. But it requires choosing the right weather conditions. There is a lot of water coming from the North Sea and entering the sea area. It covers an area of about a mile between Jura and Scarba. Which is known as the Gulf of Corryvreckan. It is also known as the sound of Jura. Japan is the second largest country in the world after Norway.

Boat service to this is available on Sundays ,Tuesdays and Thursdays from nine am to twelve am. The tour, which costs seventy pounds for over sixteen-year-olds and forty pounds for minors, can also see the habitat of White Sea Eagles. Barnhill cottage is also where the famous British writer George Orwell lived for some years (1946-49).He wrote and edited his best-selling book in 1948, 1984, while living in this house. Eric Arthur Blair is the author of several books, including Animal Farm. He died in this cave.The other two were able to swim out of the boat and return home with the help of fishermen. He died in London in 1949, aged 46. Former prime minister David Cameron has also visited this place. His wife Samantha Cameron's stepfather is known to have visited regularly as the current Lord William Astor's main residence.

From a historical perspective, the history of Jura is in many ways similar to that of the other islands in the Hebrides. At some point the Norsemen appear to have ruled from the Isle of man. Norse power ended after the Somerled were reinforced at the famous sea battle of Islay of 1156. Among Somerled's descendants, Clan Donald was prominent. They were regarded as the gods of the island. Most of the islands were under their control. By the Treaty of Camus en steca in 1506, all rights to the lands and power of the Jura were given to a cadet branch of the House of Campbell. Campbell's dominance lasted until 1938. Charles Campbell, The Last of the Jura, had sold the Jura estate and houses sub and moved from there.

There are three options for getting to Jura. The first is found on a regular ship from Glasgow to Logan air bound for the island of Islay. The second is from Kennacraig by CalMac ferry to Port Ellen or Port Askaig, accessible by car or bike. After reaching Islay there is a ferry crossing of about 10 minutes from Port Askaig to fiolin. The service is usually held at 7: 00 a.m. 30 to 6.30 pm is operational. Another option, during the spring and summer months (late March to late September), would be to reach Jura in about 50 minutes by a 12-passenger Auten boat from the small and very picturesque village of taywalich in Scotland. Apart from this, individual boats of up to 16 Tons can also be used to travel as far as the Jura. Such boats are moored near Craighouse, the largest village on the island, at £ 10 per night. Although there is a bus and taxi service to get to and from the Jura and get around, it would be appropriate to take your vehicle with you to get out at your convenience. To reach the first ferry port by car from London requires a journey of about 520 miles. If you are tired, then the journey starts at six o'clock in the morning and you can reach the bus station.

There is only one road across the Jura that is also single lane. A car coming from the other direction has to be stopped at the spot and given way. The road, named the a846, is said to be an unspoilt pleasure to drive on. It's always fun to watch the birds play in the mountains. Singo island is home to a pub ,shop ,post office ,petrol station and distillery while there are a few cottages including a hotel for accommodation.

They live among each other as a family. Co-operation is all about happiness. In addition to enjoying meetings at bad Abser, various festivals are held throughout the year, including the summer 10K and half marathon running marathons. From 7:30 p.m. onwards, all the guests are greeted with music. There is also an annual music festival. This year the Fair is scheduled for 27-29 September. Jura Parish Church is open to visitors throughout the week in addition to praying on Sundays. Here are some photos showing the history of the building. It has been established as a local museum.

The community Jura hall shop side, which runs the whole event here, is in Craighouse. A craft fair is held in the hall every Wednesday during the summer months. Hogmanay ceilidh, Burns Supper, the Saturday evening ceilidh of the fells races as well as the boys are a fixture at the Halloween and Christmas parties held in the Hall. In the meantime, local residents are taking to the streets to celebrate their birthdays. Since 2019, there have been plans for other programs. Nikki and Shkreli have started selling their home for a living. There is also a public bus number 456 and some taxis have been arranged to facilitate those who do not have a vehicle to travel around.

There are two restaurants for food and drinks. The restaurant in the Jura Hotel is open for lunch in the summer from 12:30 AM to 2:30 pm and diner from 5:45 AM to 8: 30 pm. In the winter, time is different. Local food will be served with fish in the sea. The antlers cafe offers breakfast from 8:30 a.m. to 11: 30 p.m. and lunch from 12: 00 p.m. to 6: 00 p.m. There is also ice cream and coffee. There are daily necessities in the community.

The distillery is one of the main attractions of Jura and the mainstay of its economic gains. All the people who live here, directly or indirectly, are concerned with this company. Founded in 1810, the island's whiskey distillery was officially licensed in 1831 and lasted until 1901. But it remained a vagabond for a long time due to financial difficulties and two major wars. But with the collective efforts of the settlers there, since 1963, they have been able to operate as the soul of the community again. Everyone has made it their home. Visitors are given information about all the activities that take place inside, including a fee of 15 pounds. It has been operating every day throughout the year except Saturdays and Sundays. In 2015, 25 miles from the Jura ferry at the north end of the Isle of Jura, Alicia, Claire and Georgina have joined forces to produce Lusa gin. The Gin, which is made using water from Lusa Glen, is a day-to-day celebrity.

Visitors often enjoy wildlife viewing ,hiking, hillwalking, sea kayaking, cycling and exploring historic sites such as the ancient standing stones at Tarbert and the ruins of Cleugh Castle.

There is a lot of water in the forest, and there are a lot of small insects and insects that come here more than mosquitoes. It will irritate when bitten. If it is not removed immediately, then it is recommended to take necessary precautions until the day after the pain.

My relationship with Jura is different. I had tried Jura a few times before but did not anything else about Jura. Fiona, a Scottish barrister who helped to peddle my daughter to become a barrister, has a family home in Jura. The house is not safe due to lack of regular accommodation. It was like living in our old house. When I heard about it, I was advised that I should go once, but the time has not been determined. Lets see, when will our trip to Zura will materialise?

Related Stories