Breaking News: Upcoming Highlights: 24/08 – Nepali Mela | 25/08 – Teej Celebration

Monologue - जीवनयापन खर्च र सिङ्कफ्लेसन

COMMUNITY

SG

11/5/20241 min read

यस विषय लाई थप बुझ्नको लागि, नेटफ्लिक्समा 'Buy Now: The Shopping Conspiracy' हेर्नु होला ।

अर्थशास्त्रको दृष्टिकोणबाट हेर्दा यो तर्कसंगत पनि देखिन्छ। श्रमिक अभाव, आपूर्ति श्रृंखला, ढुवानी खर्चजस्ता अन्य खर्चहरू पनि बढेका छन्। ठूला निगमहरू व्यवसाय टिकाइ राख्नुका लागि विभिन्न उपायहरू अपनाउने प्रयास स्वाभाविक हो ।

बेलायतमा, जीवनयापन खर्च लगातार बढिरहेको छ।

कोभिड-१९ महामारीले आपूर्ति श्रृंखलामा समस्या ल्यायो, वस्तु र सेवाहरूको मूल्य बढायो। साथै, रूस-युक्रेन युद्धले ग्यास र तेलको मूल्य बढायो। ब्रेक्जिटले पनि नयाँ चुनौती ल्यायो। यसले व्यापारलाई जटिल बनायो र व्यवसायहरूको खर्च बढायो।

त्यति मात्र नभएर, हालको अनुमानअनुसार, बेलायत सरकार हरेक वर्ष ठगीका कारण £३३ अर्बदेखि £५५ अर्बसम्म गुमाउँछ।

साथै, केही गलत व्यवस्थापन भएका परियोजनाहरूले थप नोक्सानीहरू ल्याएका छन्:

  • एनएचएस आईटी प्रोजेक्ट: £१० अर्बसम्मको नोक्सानी।

  • युनिभर्सल क्रेडिट लागू गर्नु: प्रारम्भिक बजेट भन्दा £४ अर्ब बढी खर्च।

  • टेस्ट र ट्रेस सिस्टम: कोभिड-१९ का लागि बनाइएको यस प्रणालीमा £३७ अर्ब खर्च तर प्रभावकारी रहेन।

समग्रमा, असफल योजनाहरूले बेलायत सरकारलाई ठूलो नोक्सानी पुर्‍याएको छ, जसले करदाताहरूको पैसा र सरकारी कार्यक्षमता प्रभावित गरेको छ।

अर्कोतर्फ,अमेजन जस्ता ठूला कर आम्दानीका सम्भावित स्रोतहरू छन्, तर उनीहरूको कर नीतिमा ठूलो प्रभावका कारण पूरै कर संकलन गर्न सकिएको छैन।

यी चुनौतीहरूलाई राहत दिन, २०२४ बजेटले अघिल्लो सरकारले छोडेको $२२ अर्ब घाटा पूर्ति गर्न कडा उपायहरू लागू गरेको छ। नतिजाको रूपमा, £४० अर्बको कर वृद्धि र थप ऋण लिएर सार्वजनिक सेवाहरूलाई समर्थन गर्ने योजना पनि बनाएको छ।

यूके बजेट २०२४ का प्रमुख बुँदाहरू:

  • न्यूनतम ज्याला: अप्रिल २०२५ देखि £११.४४ बाट बढेर £१२.२१ प्रति घण्टा हुनेछ।

  • हेरचाहकर्ता भत्ता: हेरचाहकर्ताहरूको आय सीमा £१५१ बाट बढेर £१८१ हुनेछ।

  • सेवानिवृत्तिहरूका लागि: राज्यको पेन्सनमा वृद्धि हुनेछ।

  • पहिलो पटक घर किन्न चाहनेहरूका लागि: सहयोग प्रदान गरिनेछ।

यूके बजेट २०२४ का केही नकारात्मक पक्षहरू:

  • व्यवसायहरू: २०२५ अप्रिलदेखि रोजगारदाताको बीमा योगदान १५% हुनेछ।

  • भाडामा बस्नेहरू: काउन्सिलका घर किन्न पाउने छुटमा कमी हुनेछ।

  • बस यात्रीहरू: २०२५ को अन्त्यसम्म एकल यात्राको बस भाडा £२ बाट £३ हुनेछ।

श्रिङ्कफ्लेशन आर्थिक प्रवृत्तिको गहिरो संकेत वा प्रतिबिम्ब हुन सक्छ, किनकि राजनीति र अर्थशास्त्रबीच सूक्ष्म र स्पष्ट दुवै प्रकारको सम्बन्ध अवश्य छ।

मोनोलोग: एउटा मानिसको दृष्टिकोण।

म मेरी छोरीसँग क्रिस्प्स खाँदै थिएँ र प्याकेटको आकार र भित्रको परिमाण पहिले को तुलनामा सापेक्ष रूपमा घटेको महसुस गरेँ - श्रिङ्कफ्लेशनको स्पष्ट उदाहरण

श्रिङ्कफ्लेशन एउटा आर्थिक प्रविधि हो, जहाँ उत्पादकहरूले उत्पादनको मूल्य उस्तै राख्छन् तर परिमाण, गुणस्तर, वा आकार घटाउँछन्।

मेरो विचारमा, यो चालाकीपूर्ण तरिका हो।

लागत लगातार बढ्दै जाँदा ग्राहकहरू आफ्नो खर्चप्रति सचेत हुन थाल्छन्, जसले गर्दा उनीहरूले केही छिटो बिक्ने सामान नकिन्न सक्छन्। जस्तै, यदि १८० ग्रामको क्रिस्प्सको प्याकेटको मूल्य £२.५० बाट £२.८० भयो भने, म किन्न सक्दिन। तर, मूल्य £२.५० नै रह्यो भने, परिमाण १५० ग्राम भए पनि म अझै किन्न सक्छु।

यो विशेष गरी छिटो बिक्ने उपभोक्ता सामान (FMCG) का लागि सत्य हो र यस प्रकारको स्वभावलाई 'मनी इलुजन' भनिन्छ यो सामान्य उपभोक्ता व्यवहार हो।

Related Stories