Breaking News: Upcoming Highlights: Constitution review in progress

Phishing Explained - माछो माछो भ्यागुतो

EDUCATION

SG

12/3/20241 min read

फिसिङको दुईटा अर्थ छन्: शाब्दिक अर्थमा माछा मार्न जानु, र डिजिटल सन्दर्भमा मानिसलाई ठगी गर्ने प्रयास।

डिजिटल फिसिङको उद्देश्य मानव व्यवहार वा कमजोरीलाई लक्षित गर्नु हो , जस्तै लोभ उत्पन्न गर्नु, तात्कालिकताको भावना देखाउनु, चाँडो निर्णय गर्न दबाब दिनु अवसर छुट्ने डरको फाइदा उठाउनु ।

उदाहरणका लागि - यदि तपाईंले २४ घण्टा भित्र जवाफ दिनुभयो भने तपाईंले निःशुल्क उपहार जित्नु हुनेछ, अथवा यदि तपाईंले यस टेक्स्ट मेसेजको जवाफ दिनुभएन भने तपाईंको अनलाइन एक्सेस बन्द हुनेछ वा यहाँ क्लिक गर्नुहोस्

यो लेख विशेष गरी अहिले बढी किन महत्वपूर्ण छ?

यस प्रकारका छलकपटहरू चाडपर्वको समयमा बढी प्रचलित हुन्छन्। ठगी गतिविधि बढ्नुका मुख्य कारणहरू:

1. व्यापारिक गतिविधिको वृद्धि: ठगहरू नक्कली वेबसाइट र अफरहरू सिर्जना गरेर मानिसहरूलाई सजिलै ठग्ने मौका पाउँछन्।

2. सजिलो निशाना: चाडपर्वको समयमा मानिसहरू उदार, व्यस्त र अलि बढी भावनात्मक हुने भएकाले ठगहरूको जालमा पर्ने खतरा बढ्छ

3. अफर र डिस्काउन्टहरू: ठगहरूले चाडपर्वको अफरको बहानामा नक्कली अफर र छुटहरू देखाएर ठग्ने प्रयास गर्छन्

4. डिजिटल ट्रान्जेक्सनको वृद्धि: चाडपर्वको समयमा डिजिटल भुक्तानी बढी हुने भएकाले ठगहरूले फिसिङ इमेल, मेसेज, र फोन कल मार्फत व्यक्तिगत जानकारी चोर्न प्रयास गर्छन्।

जसरी माछा मार्ने मानिसले माछा मार्ने डण्डाको अन्त्यमा केही खानेकुरा राखेर माछा फसाउँछ, त्यसैगरी डिजिटल ठगले पनि सावधानीपूर्वक तयार गरिएका सन्देशहरू, इमेलहरू, वा टेक्स्ट मेसेजहरू पठाउँछ।

डिजिटल चाडपर्वमा जोगिन सुझावहरू:

  • अनलाइन किनमेल गर्दा सत्यापित वेबसाइटहरू मात्र प्रयोग गर्ने

  • नचिनेका लिङ्क वा इमेलमा क्लिक नगर्ने

  • बैंक र डिजिटल वालेटको जानकारी सुरक्षित राख्ने

  • कुनै पनि अफर वास्तविक हो कि होइन अधिकारिक स्रोतबाट जाँच गर्ने

  • डिजिटल सिक्युरिटी उपकरण (एण्टी भाइरस, सफ्टवेयर अद्यावधिक पासवर्ड म्यानेजर) प्रयोग गर्ने

तथ्य: फिसिङ सबैभन्दा सामान्य प्रकारको साइबर अट्याक मा पर्छ र यसले ठूला कम्पनीहरूलाई करोडौं पाउण्डको क्षति पुर्‍याउँछ।

Related Stories